– विजय थापा
वाशिंगटन डिसी । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय तथा सामुदायिक सेवा संस्थामार्फत राष्ट्रपति कार्यालयबाट राष्ट्रपतीय स्वयंसेवा पदकद्वारा बर्ल्ड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा लीला बहादुर कार्की, न्युयोर्कका संयोजक नीमा शेर्पा, सहसचिब मनीष शाक्य तथा टेक्सास शाखा सदस्य रेशम बहादुर घर्तीलाई सम्मानित गरिएको छ ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले हस्ताक्षर गर्नु भएको बधाई पत्र तथा राष्ट्रिय एबं सामुदायिक सेवा संस्थाद्वारा राष्ट्रपतीय स्वयम् सेवा पदकद्वारा डा कार्कीलाई स्वर्ण चिन्ह प्रदान गरिएको छ ।
डा.कार्की लामो समयदेखि अनबरत रुपमा स्वयम् सेवामा बिशेष गरेर बिगतका वर्षहरुमा थुप्रै राज्यहरु तथा शहरहरुमा रक्तदानहरु आयोजना गरी प्रशंसनीय कार्य गरे बापत सो आभूषण प्राप्त गर्नु भएको हो ।
उहाँले अथक रुपमा खटेर असंख्य संख्यामा स्वयमसेवीहरुलाई एकजूट गरी छोटो समयमा नै अमेरिका का ५० वटै राज्यहरुमा बिडिएको संगठन बिस्तार गरी एक उत्कृष्ठ स्वयम सेवी संस्थाको रुपमा चिनाउन सफल हुनु भएको छ ।
यसैगरी शेर्पा, शाक्य तथा र घर्तीलाई कास्य चिन्ह प्रदान गरिएको छ । उहाँहरुले लामो समयदेखिको अनबरत स्वयम् सेवा बिशेष गरेर बिगतका थुप्रै वर्षहरुमा असंख्य शहरहरुमा रक्तदानहरु आयोजना गरी प्रशंसनीय कार्य गर्नु भएको छ ।
रक्तदान जीवनदान भन्ने मूल मन्त्र सहित हामी एक जूट भयौं भने संसार फेर्न सक्छौं भन्ने मूल नारा सहित समाजमा सचेतना फैलाउन बल्ड डोनर्स अफ अमेरिका (बिडिए)ले प्रमुख भूमिका खेलेको छ ।
डा कार्की आफू बसोबास गर्ने राज्य वा वरिपरिका राज्यका शहरहरु तथा जन्म भूमि नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरी रक्तदान जीवनदान भन्ने मूल मन्त्रको साथमा यस महान कार्यको जनचेतना फैलाउदै बिडिएको अभियानलाई अगाडि बढाउने र यस संस्थालाई अझ चिनाउन सफल हुनु भएको छ ।
डा कार्कीले यस सुखद क्षणमा संस्थालाई सहयोग गर्ने सम्पूर्ण स्वयम् सेवीहरु, प्रायोजकहरु तथा शुभेच्छुकहरुलाई संस्थाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नु भएको छ ।
हरेक रक्तदाता सामाजिक नायक हुन्, हामी एक जुट भयौं भने समाज फेर्न सक्छौं भन्दै एक जुट हुन् आब्हान समेत गर्नु भएको छ ।















प्रतिक्रिया