१५ कार्तिक २०८३, आइतबार

घुस लिँदै गरेको अवस्थामा गाविस सचिव पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा धनुषा हंसपुर कठकुल्ला गाविसका सचिव निरसन साहलाई आज थलोबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार गाविस सचिव साहले सेवाग्राहीको जग्गा नामसारी गर्ने प्रयोजनार्थ सिफारिस गरिदिँदा कानुनबमोजिम नगरी रु पाँच हजार घुस मागेको सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । सचिव साहलाई जिल्ला मालपोत कार्यालय धनुषाको हाताबाट पक्राउ गरिएको आयोगले जनाएको छ । रासस