२९ आश्विन २०८३, बिहिबार

राती १० बजे बिरामी कोमललाई साथमा लिएर ज्ञानेन्द्र नागार्जुन जंगलतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganendra-komal

काठमाडौं, १२ साउन । नेपालमा गणतन्त्र स्थापना भएपछि स–परिवार नागार्जुन सर्नुभएका पूर्वराजा ज्ञानेन्द्र दुई वर्षदेखि निर्मल निवासमा बस्दै आउनु भएको थियो ।

उहाँ फेरि आइतवार राती श्रीमति कोमलसहित नागार्जुन सर्नु भएको छ । उहाँ ज्योतिषहरुको सल्लाह र उनीहरुले निकालेको साइत अनुसार आइतवार राति १० बजे नागार्जुन सर्नु भएको हो ।

नागार्जुन जंगलमा रहेको दरबारमा उहाँ बिरामी पूर्वरानी र अंगरक्षक तथा केही सहयोगीसहित सर्नु भएको हो । पूर्व युवराज्ञी हिमानी भने करीव तीन महिना नागार्जुन बस्ने बुझिएको छ ।

नातिनातिना र बुहारी हिमानी केही समयका लागि नागार्जुन जाने पनि बुझिएको छ ।

थाइल्याण्डमा बस्दै आउनु भएका पूर्व युवराज पारस आफ्नो भीषाको म्याद समाप्त भएपछि साउन १९ वा २० मा काठमाडौं आउने करिव न्ििश्चत भएको छ ।

त्यसकारण पनि ज्ञानेन्द्रले महाराजगञ्जको निवास छाडेको हुनसक्ने बुझिएको छ । पारसको थाइल्याण्डको अदालतमा साउन १७ गते उपस्थित हुनुपर्ने भएकाले उहाँको १९ वा २० मा काठमाडौं आउने तयारी भएको हो ।