१५ कार्तिक २०८३, आइतबार

हत्या आरोपमा तीन जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhapa_nepal-map

भद्रपुर, ४ चैत । दुई साताअघि झापाको पृथ्वीनगर गाविस–६ का राजन मगरलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनिल किस्कु, नवीन गुरु र विवेक लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अभियुक्तहरु पृथ्वीनगरको चियाबगानमा मगरसहित १८ वर्षीय सञ्जय उराव र १९ वर्षीय सञ्जय लिम्बूलाई पनि आक्रमण गरी घाइते बनाई फरार भएका थिए । रासस