१५ कार्तिक २०८३, आइतबार

आमाद्वारा डेढ वर्षीया छोरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ४ चैत । स्थानीय पचरुखी गाविस–८ बस्ने एक महिलाले आफ्नै छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

डेढ वर्षीया छोरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोपमा पचरुखी गाविस घर भएकी २२ वर्षीया सुकनीदेवी यादवलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

ती महिलाले आफ्नी छोरी रिनालाई गङ्गापिपरा गाविस भवन पछाडि रहेको बाँसघारीमा भुईंमा पछारेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती बालिकाको हत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको छ । रासस