१५ कार्तिक २०८३, आइतबार

मान्छेको ज्यानै लिने सर्पसँग प्रेम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prem-bista-Pathari Morang-Sarpa (1)

– गोपाल प्रसाद पोखरेल
पथरी (मोरङ), ४ चैत । सर्पदेखि नडराउने को होला ? कसैले तपाइँलाई प्रश्न गर्यो भने तपाइँ सजिलै भन्नुहुन्छ, “सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।” तर यो प्रश्नको जवाफ गलत हुन्छ । सेक्टर वन कार्यालय उर्लावारी मङ्गलबारेको वनरक्षकमा कार्यरत प्रेम विष्ट सर्पलाई प्रेम गर्नुहुन्छ ।

प्रहरी सेवामा २१ वर्ष बिताउनुभएका प्रेमले तीन हजारभन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेको बताउनुहुन्छ । उहाँले सर्पजस्ता सरीसृप जीवको संरक्षण क्षेत्रको विकास गरेर राखिनुपर्ने बताउनुहुन्छ । सर्प मार्न हुँदैन भन्ने प्रेमले आफूले १० वर्षको उमेरदेखि सर्प समाउन थालेको स्मरण गर्नुहुन्छ ।

सर्पको डसाइबाट मर्नेको सङ्ख्या धेरै छ । सर्पदंशको औषधि ‘एन्टी–स्नेक भेनम’ विषालु सर्पको विषबाटै तयार हुने औषधि भएकाले एउटा विषालु सर्पबाट १० हजार मानिसको ज्यान बचाउन सक्ने औषधि निकाल्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसकारण सर्पलाई मार्नु हँुदैन ।” मुलुकभित्रै एन्टी–स्नेक भेनम उत्पादन गर्ने कारखाना बनाइनुपर्ने विष्टको भनाइ छ । सर्पको महत्व देखेकैले उहाँ सर्प संरक्षणमा जोडतोडले लाग्नुभएको हो । दुईपटक सर्प डसाइमा पर्दा पनि उहाँलाई सर्पकै माया छ । “सर्पदंशको औषधि एन्टी–स्नेक भेनम नेपालमा पाइँदैन, विदेशबाटै आयात गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालमा विषालु सर्प धेरै छन् यसको औषधि उत्पादन नेपालमै हुनुपर्ने हो, तर छैन ।”

डेढ वर्षअघि नागपञ्चमीको पूर्वसन्ध्यामा प्रेम बिष्टलाई विषालु सर्पले डस्यो । सर्पको डसाइबाट उहाँ आत्तिनु भएन । सामान्य अवस्थामा रहेभैmँ बोलिरहनुभयो । सर्पदंशबाट मर्छु भन्ने सोच उहाँमा आएन । सिन्धुली जिल्लाको दुधौली गाविसको जितपुरमा उहाँलाई सर्पले डसेको थियो । एम्बुलेन्समा लामो दूरी पार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउनुभएका बिष्ट बाँच्नुभयो । यो समेत दुईपटक सर्पको डसाइ सामना गरेका उहाँको साहस देखेर उपचारमा संलग्न चिकित्सकहरुसमेत अचम्भित भए ।

यसर्थ कि सर्पले टोक्दा नआत्तिनु र रक्तसञ्चार पनि सामान्यै अवस्थामा रहनु विरलै हुने घटना मध्येको एक थियो । सर्पले टोकेपछि आत्तिएरै पनि धेरै मानिस मर्ने गरेको चिकित्सकहरु बताउनुहुन्छ ।

प्रहरी सेवाबाट निवृत्त भएको केही महिनासम्म उहाँको दैनिकी सर्प समात्ने र यसको बारेमा आम नागरिकलाई जानकारी दिनमै बित्थ्यो । हाल विराटनगर–१६ का बासिन्दा उहाँलाई अहिले पनि धेरैतिरबाट सर्प फेला परेको भन्दै समात्नका लागि फोन आउने गरेको छ । दुई साताअघि इटहरीबाट उहाँले नयाँ प्रजातिको सर्प सेक्टर वन कार्यालय मङ्गलबारेमा ल्याउनुभएको छ । रासस