७ कार्तिक २०८३, शनिबार

चीन भ्रमण जानेहरू यसरी हुँदैछन् मालामाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dollar1काठमाडौं, ४ चैत । यही चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए)मा खर्च हुने भएको छ । यो खर्च यातायात तथा आबासबाहेकको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक तीन सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन् ।

प्रधानमन्त्रीले पाँच दिनका लागि एक हजार पाँच सय डलर अर्थात एक लाख ५९ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार सात सय ५० डलर अर्थात ९ लाख २७ हजार पाँच सय रुपैयाँ टीएडीए पाउनेछन् ।

भ्रमण टोलीमा संलग्न १५ सांसदले दैनिक दुई सयका दरले १४ हजार डलर अथर्तात १४ लाख ८४ हजार रुपैयाँ पाउनेछन् ।

भ्रमण टोलीमा संलग्न सात सचिव, सात सहसचिव, र भ्रमण टोलीमा संलग्न अन्य २४ जनाले उपसचिवसरहको भत्ता पाउनेछन् ।

भ्रमण टोलीको संख्यासमेत झन्डै पाँच दर्जन हाराहारीमा पुग्ने भएको छ ।