२९ आश्विन २०८३, बिहिबार

माईजुले नै भाञ्जीसँग यस्तो हर्कत गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-prostitution

एजेन्सी । मण्डावली इलाकामा माइजुले नै आफ्नी १९ वर्षीय भाञ्जीको सौदा गरेकी छिन् ।

आरोपी महिलाले भाञ्जीलाई जबरजस्ती देश व्यापारमा पनि लगाइन् । यो क्रम कैयौ दिनसम्म चल्यो ।

पीडितकी आमाले जब यो कर्तुतको सुइको पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । मण्डावली थाना प्रहरीले मुद्दा दर्ता गरेर ३४ वर्षीय माइजु दीपालाई गिरफ्तार गरेको छ ।

समाचार अनुसार बाँकी अभियुक्तको खोजी जारी छ । प्रहरीका अनुसार पीडित भाञ्जी एक महिना पहिला कोलकत्ताबाट दिल्लीको प्रीत विहारमा आफ्नी आमा र पितासँग आएकी थिइन् ।

त्यहाँ पुगेपछि आमाबुवाले जागिर सुरु गरिसकेका थिए । यो बीचमा मदिराको नशामा पीडित युवतीका पिता उनलाई कुट्थे । पिताको कुटाइबाट बचाउन १५ दिन पहिला आमाले युवतीलाई मण्डावलीमा बस्दै आएकी माइजु दीपाको घर छाडेर आएकी थिइन् ।

त्यहाँ दुई दिनसम्म उनलाई ठिकसँग राखियो । राम्रो व्यवहार गरियो । त्यसपछि उनलाई जबरजस्ती देश व्यापारका लागि ग्राहकलाई सुम्पियो । केही दिनपछि जब उनकी आमा त्यहाँ आइन तब उनले आमालाई सबै कुरा बताइन् ।

तत्कालै प्रहरीलाई सूचना दिइयो । प्रहरीले मुद्दा दर्ता गरेर दीपलाई पक्रियो ।