१५ कार्तिक २०८३, आइतबार

बसको छतबाट खसेर कन्डक्टरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-gorkha
फाइल तस्वीर

सिन्धुली, ३ चैत । सिन्धुलीमा बसको छतबाट एक जनाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–५ स्थित सडकमा ना.३ ख २२५७ नम्बरको बसको छतमा सामान मिलाउने क्रममा बुधबार छतबाट खसेर गम्भीर घाइते भएका सोही बसका कन्डक्टर सिर्थौली–१ बस्ने २५ वर्षीय सुरज महतोको स्थानिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

फरार बस चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।