
काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिका-९ गौशालाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २ जनालाई लागू औषध नियन्त्रण ब्यूरोको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-९ बत्तीसपुतली घर भएका ४६ वर्षीय सुरजबिक्रम राणा र काठमाडौं गुहेश्वरी बस्ने पर्सा वीरगंज उपमहानगरपालिका-३ घर भएका ३० वर्षीय संजय दत्त रहेका छन् ।
उनीहरुको साथबाट नियन्त्रित लागू औषध बुप्रेनोर्फिन ५ सय ८० एम्पुल, डाइजेपाम ५ सय ६४ एम्पुल, फेनारगन ५ सय ६४ एम्पुल प्रहरीले बरामद गरेको छ ।
उनीहरुका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।












प्रतिक्रिया