काठमाडौं, ३ चैत । गैरआवासीय नेपाली संघ(एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदका एक जना ठूलै पदाधिकारीले करोडौं रुपैयाँ उठाएर फरार भएका छन् ।
उनी हुन् दक्षिण कोरियाका एनआरएन सचिव सोगेन्द्र घले । उनलाई सचिव पदबाट एनआरएन कोरियाको गत मार्च ६ मा बसेको बैठकले बर्खास्त गरेको छ ।
सोगेन्द्र घले आफ्नो पदीय कर्तव्य, दायित्व र जिम्मेवारीप्रति वेवास्ता गर्दै अनुशासनहिन र विवादास्पद क्रियाकलापमा संलग्न रहेको र विना सूचना सम्पर्कमा नरहेकाले उनलाई पदबाट वर्खास्त गरिएको एनआरएन दक्षिण कोरियाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
घले हुण्डिको कारोबारमा संलग्न रहेको र दक्षिण कोरियामा ३ करोड रुपैयाँ संकलन गरेर फरार रहेको समाचार प्रकाशनमा आएको थियो । उनको नेपालको ठेगाना भने भोजपुर जिल्ला हो ।
बुधबार एनआरएन दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्री र महासचिव दीपक पुनले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी घेलेलाई जिम्मेवारीबाट मुक्त गरेको बताएका हुन ।
यस्तो छ विज्ञप्तिः
















प्रतिक्रिया