काठमाडौं, ३ चैत । राजधानीमा अपहरणमा परेकी एक ८ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
ललितपुर उपमहानगरपालिका–९ बालकुमारी बस्ने बलराम पाण्डेको ८ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरण गरी बन्धक बनाउने ललितपुर बालकुमारी बस्ने काभ्रे सिमथली–५ का १६ वर्षीय भिमसेन भण्डारी र १६ वर्षीया बिनीता बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १ गतेदेखि हराई बेपत्ता भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं चाबहिलस्थित पूर्वेली गेष्ट हाउसको कोठा नम्बर ३०२ मा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकाको उद्धार गरी दुबैजना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया