काठमाडौं, ३ चैत । दुई राप्रपाबीच एकीकरणका लागि मंगलबार दोस्रो चरणको वार्ता भएको छ ।
दुवै पार्टीका तर्फबाट बनेका वार्ता समितिको बैठक राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा दुवैले आ–आफ्ना पार्टीका एजेन्डा राखेका थिए ।
संसदमा २५ सिट भएको राप्रपा नेपाल र १२ सिटको राप्रपाबीच एकीकरणका लागि समिति बनेका हुन् ।
बैठकमा राप्रपा नेपालका तर्फबाट सहभागी नेताले संवैधानिक राजतन्त्रलाई मान्यता दिएर एकीकरण गरिनुपर्ने तर्क राखेका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया