७ कार्तिक २०८३, शनिबार

देउवाले पौडेललाई वरिष्ठ नेता बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, ३ चैत । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्प्रर्धि रामचन्द्र पौडेलसहित ६ जनालाई बुधबार केन्द्रीय कार्यसमितिमा मनोनित गर्ने भएका छन् ।

कांग्रेस महाधिवेशन सम्पन्न गर्न गठित केन्द्रीय निर्वाचन समितिले देउवासहित कार्यसमितिमा चयन भएका ६४ जनालाई बुधबार अपरान्ह प्रमाणपत्र दिने भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कार्यक्रमपछि देउवाले पौडेललाई कार्यसमितिमा आफूपछि दोस्रो वरियताक्रममा रहने गरी सदस्य मनोनित गर्ने जानकारी स्रोतले दियो।