१५ कार्तिक २०८३, आइतबार

वार्तालाई सार्थक र परिणाममुखी बनाउने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa

काठमाडौँ, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकताका सम्बन्धमा साझा धारणा तयार गर्न समिति गठन गरिएको छ ।

दुवै पार्टीबीच गठित एकता वार्ता समितिको आज बसेको बैठकमा दुवै पक्षबाट आ–आफ्नो धारणा प्रस्तुत भएपछि संयुक्त धारणा तयार गर्न समिति गठन गर्ने निर्णय भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् वार्ता टोलीका संयोजक बुद्धिमान तामाङको संयोजकत्वमा बसेको उक्त बैठकले एकता वार्तालाई निकट भविष्यमै सार्थक र परिणाममुखी बनाउने सहमति गरेको सो पार्टीले जनाएको छ । रासस