काठमाडौँ २ चैत । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव एस जयशङ्करले आज भेटी पार्टी सभापतिमा निर्वाचित हुनुभएकामा बधाइ दिनुभएको छ ।
देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशका आपसी सम्बन्धका बारेमा समेत छलफल भएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
सो अवसरमा सभापति देउवाले आगामी दिनमा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ हँुदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।
सचिव जयशङ्कर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाल आउनुभएको हो ।
आजै सभापति देउवालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालका राजनीतिक प्रमुख मार्टिन हल्सले उहाँको निवास पुगी बधाई दिनुभयो । उहाँहरूबीच नेपालमा सञ्चालित विकास कार्यक्रमका बारेमा समेत छलफल भएको थियो ।
त्यस्तै नेपालका लागि जर्मनीका राजदूत मत्थिस मेयरले पनि नेता देउवालाई काँग्रेस सभापतिमा निर्वाचित हुनुभएकामा बधाई दिनुभयो । रासस












प्रतिक्रिया