२९ आश्विन २०८३, बिहिबार

देउवाको भित्री अडान ‘राजसंस्था र हिन्दु अधिराज्य’ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba

नेपाली कांग्रेस भनेको बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका वैचारिक धार हो । १३ रौं नोपाली कांग्रेसको महाअधिवेसनबाट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । वास्तवमा उनले राजसंस्था र हिन्दु अधिराज्य कायम गर्ने भित्री अडानको कारणले शेरबहादुर देउवा अत्यधिक मत पाएर विजयी भएका हुन् । उनका विपक्षमा उठेका रामचन्द्र पौड्याल, कृष्ण सिटौलाहरुको दाँजामो शेरबहादुर नेपाली कांग्रेसको सभापति हुनु धेरै राम्रो भन्न सकिन्छ । शेरबहादुर नेपाली कांग्रेसका एक योद्धा हुन् । यसपटक शेरबहादुर देउवा नैं हुनु पर्ने थियो, राम्रो भयो ।

Dirgha-raj-parsai
लेखक

शेरबहादुर २०५२ सालमा विघठित संसद सर्वोच्च अदालतबाट बहाली भएपछि प्रधानमंत्री बने । उनी पटक–पटक प्रधानमंत्री बने पनि विगतमा देशको हितमा कुनै राम्रो काम भएनन् । सांसदहरुलाई पेन्सन, १० गुणा भत्तावृद्धि र पजेरो, प्राडोको सुविधा दिलाएर संसदीय प्रजातन्त्रको नैं उपहास भयो । विवादास्पद महाकाली संन्धीमा निर्णायक बने । नेपाली कांग्रेस बहुमतमा रहेका बेला २०५८ सालमा संविधानको धारा १२७ प्रयोग गरेर श्री ५ ज्ञानेन्द्रमा सत्ता बुझाए । त्यो बेलादेखि देशभित्र भाँडभैलो मच्चियो, माओवादीलाई ‘रअ’ले आफ्ना भरिया बनायो । त्यसपछि नेपाल कब्जा गर्न २०६२ साल मंसिरमा १२ बुँदे सहमति गराएर माओवादी, कांग्रेस, एमालेलाई प्रशस्त स्रोत जुटाएर जनआन्दोलन गरायो । राजासँग सहमति भएर जनआनदोलन बिसर्जन भयो । पछि उनीहरुले राजालाई धोका दिए । कांग्रेस (आई) ‘रअ’, नेपालस्थित भारतीय राजदूत र इयू र अमेरिकी गुप्तचरको दबाबमा, नेपालका माओवादी, एमालेका नेता र कांग्रेसका गिरिजाहरुलाई हात लिएर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता घोषित गराइयो । त्यसबेलादेखि झन्झन् देश नसम्हालिने अवस्थामा पुगेको छ ।

२०४८ सालपछि गिरिजा प्रधानमंत्री र शेरबहादुर गृहमंत्री भएको बेला कम्युनिष्टहरुलाई पेल्नसम्म पेलेकाले माओवादी बिद्रोह जन्मिएको हो । यी सबै कुरा देउवालाई थाहा नैं छ । त्यसैले अब देउवाले बिगतमा आफूले गरेका गल्तीहरु सच्याउने र २०६२ सालपछिको विदेशीहरुका एजेन्डा र दबाबबाट मुक्त हुनु उनको लागि अहिले सुनौलो अवसर छ । आफूलाई सच्याएमा फेरि उनी प्रधानमंत्री भएर देश सम्हाल्ने मौका पाउन सक्छन् । तर उनी गिरिजाप्रसाद र सुशील कोइरालाको बाटो नैं हिडे भने नेपाली कांग्रेसको सभापति पद उनको हातमा बानरको हातमा नरिवल बराबर हुनेछ । उता कांग्रेस (आई) ‘रअ’को बाटो नछोडेकामा भाजपा र मोदी सरकार असंतुष्ट छ । अतः चीन तथा भारतसँग सुमधुर संवन्ध कायम गर्न, संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य यथावत कायम गर्ने दृढता देखाएर प्रजातान्त्रिक ढङ्गले सबै पक्षलाई नेपालको राष्ट्रिय एकताको महसुस गराउन शेरबहादुर देउवा सक्रिय हुन सक्नुपर्छ ।