७ कार्तिक २०८३, शनिबार

पपुलर हुन खोज्दा नराम्रोसँग फसे शक्ति…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti Basnet

काठमाडौं, २ चैत । लोकप्रियताका लागि सस्ता काम गरेर चर्चा गराउने तर राम्रा काम केही गर्न नसक्ने प्रवृत्ति देशमा हावी हुँदै गएको छ ।

यस्तै हिप्रेकेसीका कारण राज्यमा भ्रष्टचार मौलाउँदै गएको छ । उदाहरणीय गृहमन्त्री बन्छु भनेर अघि बढेका एमाओवादीका शक्ति बस्नेत त्यही प्रवृत्तिका कारण अहिले बदनाम बन्दै गएका छन् ।

गृहमन्त्री भएपछि उनले स्कर्टिङका पछुवा प्रयोग नगर्ने निर्णय गरे । त्यसपछि गहसचिव र दुवै प्रहरीका आइजीपीले पनि पछुवा हटाए ।

तर अहिले फेरी मन्त्री बस्नेत स्कर्टिङको गाडी प्रयोग गर्न थालेका छन् । पहिला अनावश्यक खर्च भन्दै उनले पछुवा हटाएका थिए । करिब गर्न थालेका छन् । स्रोतका अनुसार सुरक्षा विश्लेषणका आधारमा अहिले मन्त्री बस्नेतले स्कर्टिङ प्रयोग गर्न थालेका हुन् ।

तर कसरी गृहमन्त्रीलाई सुरक्षा थ्रेट बढ्यो भन्ने चाहिँ खुलाइएको छैन । राम्रो टिम हुन नसक्दा गृहमन्त्री बस्नेतले केही राम्रो गर्न सकेका छैनन् । दृष्ट्रि साप्ताहिकमा खबर छ ।