
काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी सरकारका उपप्रधानमन्त्री पनि तालतालका छन् ।
हुँदाहुँदा टोपबहादुर रायमाझी त बेताल नै भैसके ।
नेत्र पन्थीका पुस्तक विमोचन कार्यक्रममा पुगेका मन्त्री रायमाझीले पुस्तकको विषयमा एक शब्द बोलेनन् ।
त्यहाँ पनि उनलाई कुर्सीकै चिन्ता रैछ भन्ने कुरो उनकै मुखबाट सुनियो । मन्त्री रायमाझीले भने बाबुरामको निवासमा एउटा कुर्सी जहिले पनि खाली रहन्छ रे ।
बाबुरामसँगै राखिएको त्यो कुर्सी किन राखियो भन्ने धेरैलाई जिज्ञासा होला । तर अब म फर्केर पनि त्यो बाबुरामसँग सहकार्य गर्न जाँदिन, उनले भने । दृष्ट्रि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया