१ कार्तिक २०८३, आइतबार

फेरि घट्यो सुनको मुल्य, तोलामा एकैदिन ८ सयले कमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold pic

काठमाडौं, २ चैत । नेपाली बजारमा निरन्तर ओकालो लागेको सुनको भाउमा केही गिरावट आएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

छापावाल सुन आज प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ । सोमबार सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसका प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुनको मूल्य भने ५४ हजार ९ सय ५० रुपैयाँ तय भएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ३० रुपैयाँमा किनबेच भएको चाँदी आज ७ सय २५ रुपैयाँका कारोबार भइरहेको छ ।