
काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा खुमबहादुर खड्का किङ मेकर बन्ने देखिएको छ ।
उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भए ।
सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पाभुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्का निकट हुन् । राजधानी दैनिकमा समाचार छ ।
निर्वाचित नयाँ कार्यसमितिमा अब खुमबहादुरको हुकुम चल्ने अनुमान गरिएको छ । सभापति शेरबहादुर देउवाले खुमबहादुरको भनेको मान्नुपर्नेछ ।















प्रतिक्रिया