१५ कार्तिक २०८३, आइतबार

सात महिलालाई भारत लगेर बेच्न खोज्ने दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Mahila
मोरङ, २ चैत । सात जना महिला भारत लगेर बेच्न खोज्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी पाँचकन्याकी ३१ वर्षीया फुलमायाँ तामाङ तथा इनरुवा–२ का रोहित दर्नाल रहेका छन् ।

उनीहरुलाई विशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका जोगवनीको रेल्बेबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

केही दिनअघि भारतमा बेचिन लागेका सात जना नेपाली महिलालाई जोगवनीको रेल्बे स्टेसनबाट प्रहरीले उद्धार गरेको थियो । रासस