१५ कार्तिक २०८३, आइतबार

माछा मार्दै गर्दा कर्णालीमा एकजना बेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karnali-river-and-valleyहुम्ला, २ चैत । हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने जैर गाविसमा बस्ने वर्ष १५ का धनबहादुर लोहार माछा मार्ने क्रममा जाली तान्न लाग्दा चिप्लेर कर्णाली नदीमा खसेपछि बेपत्ता भएका छन् ।

निजको खोजीकार्य भइरहेको कुरा स्थानीयवासीले जानकारी गराएका छन् ।

त्यसैगरी, दक्षिणी भेगमा पर्ने ४४ कोस टाढा पर्ने श्रीनगर गाविसमा छत्र बूढा, नन्द बूढा, रिमीलाल बूढाको घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, लिउ, फेरुवा, अन्नबालीमा क्षति पुगेको छ ।

निजहरुको गोठमा रहेका भेडाबाख्रा समेत आगलागीले गर्दा मरेका छन् ।

श्रीनगर प्रहरी चौकीले तत्काल उद्धार कार्य गरेको कुरा जिल्ला प्रहरी कार्यालय सिमिकोटका निमित्त प्रहरी नायब उपरीक्षक औँप्रसाद यादवले जानकारी दिनुभयो । रासस