
– नरेश केसी
भैरहवा, १ चैत । सधैं अघिल्लो रो मा बस्ने, कुर्चिमा बस्ने अनी मनमा लागेका अर्तिपरक भाषण दिएर अरुलाई मख्ख पार्ने, सडकमा हिड्नु परे चिल्ला गाडीमा घुईकिने सांसदले जब कूचो लिएर सडकमा उत्रीए तब भैरहवा शहर एकाएक सफाचट हुन थालेको छ ।
सिद्धार्थनगर नगर पालिकाको आहवनमा शुरु गरिएको वृहत सरसफाई अभियान अन्तरगत सांसद आदित्यनारायण कसौधन र इस्तियाक अहमद खान कुचो नै लिएर सडकमा नगरबासीसंग बढार्दै भैरहवा शहर सफा गर्ने अभियानमा जुटेका छन् ।

आइतबारदेखी भैरहवामा सांसदहरु संगै सिद्धार्थनगरपालिकाका सम्पुर्ण कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र विभिन्न संघसंस्थाका नाम चलेका भैरहवामा गन्नेमान्ने व्यक्तित्वहरुको विहानीको तालिका नै फेरिएको छ । नेता र संघसंस्थाका प्रमुख तथा प्रतिनिधी एका विहानै चियागफमा व्यस्त हुन्थे त कयौं मर्निग वार्कमा , प्रहरी सेना आ आफ्नो कसरतमा तर आइतबारदेखी बन्दुक समाउने हात देखी कलम समाउने पत्रकारहरु पनि सडकमा कुचो लिएर उत्रीएका छन् ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा चिनिएको पर्यटकिय नगरीमा भैरहवालाई सफा र हराभरा बनाउने दृढ संकल्पका साथ सिनपाले विगत वर्षदेखी सरसफाई अभियान नै चलाउदैं आएको छ । नगरपालिको आहवनमा भएको सरसफाई अभियानमा नगरमा रहेका राजनितीक दल, सेना, प्रहरी, शसस्त्र प्रहरी, संघसंस्था देखी लिएर खेलाडीहरु ब्यानर सहित अभियानमा जुटेका छन् ।

मुखमा मास्क, हातमा झाडु लिएकाहरुले सडकको दायांबायांको फोहर उठाउदैं चेतनामूलक रयालीको पछाडी पछाडी आएको ट्याक्टमा हालिरहेका देखिन्थे । आइतबार देवकोटा चोकबाट शुरु भएको उक्त अभियानमा नगरवासीहरु कुचो लिएर नगरका सडक सफा गरे भने सरसफाई सम्बन्धि बिभिन्न सचेतनामूलक नाराहरु पनि लगाउदै नगरवासीलाई सचेत गरिरहेका देखिन्थे । फोहोरलाई बर्गीकरण गरि अलग अलग ब्यावस्थापन गर्न नगरवासीलाई अनुरोध गर्दै उनिहरुलाई फोहोर जथाभावी रुपमा फाले नगद जरिवानामा परिने समेत जानकारी दिदै गर्दा नगरवासी पनि सहमत भएका थिए ।
भैरहवा नगर स्थलमार्ग हुदै सबै भन्दा बढी पर्यटक भित्रयाउने शहर भएकोले यसको सरसफाईमा अहिले सिद्धार्थ नगर नगर पालिका कार्यालय पनि होमिएको नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु दत्त गौतमले बताए । उनले बिगतको बर्षमा नगर सरसफाईमा नगरवासीको उत्साहजनक सहभागीता पाए पछि यस बर्ष फेरी अभियान सञ्चालन गर्न हौसला मिलेको बताए ।
आईतबार शुरु भएको सरसफाई कार्यक्रममा नगरमा सक्रिय संघसंस्थाहरुले भाग लिएका थिए । लुम्बिनी प्रेस क्लब, वडा नागरिक मञ्च, बिभिन्न नागरिक सचेतना केन्द्रहरुले भाग लिएको कार्यक्रममा नगरका बिभिन्न भागमा सरसफाई गरेका थिए ।
फागुन ३० गते देखि ५ दिन सम्म अभियान सञ्चालन शुरु भएको सिद्धार्थ नगर नगर पालिकाका सूचना अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिए । कार्यक्रम अनुसार ३० गते बिहान भैरहवाको देवकोटा चोकबाट अभियान शुरु भएको थियो । यसै गरि मंगलबार चैत्र १ गते बिहान ७ बजे देखी बिजुला मेडिकलबाट, २ गते बेलहिया, ३ गते बैकरोड र ४ गते होटल निर्वाणाबाट सरसफाई कार्यक्रम सम्पन्न भएको सूचना अधिकृत ज्ञवालीले बताए । यी दिनहरुमा सम्पूर्ण नगरवासी, संघसंस्थाहरुलाई उपस्थित भई कार्यक्रम सफल बनाउन पनि कार्यालयले अपिल गरेको छ ।
अभियान अन्र्तगत नगर सफा गर्नुको साथै बिभिन्न समूहहरु बनाई घरदैलो मार्फत सचेतना फैलाउने कार्य समेत भएको सरसफाई तथा फोहर व्यवस्थापन शाखाका प्रमुख केशब पौडेलले जानकारी दिए । पौडेलका अनुसार अहिले भैरहवामा हरेक दिन बिभिन्न संघसंस्थाको अगुवाई तथा नगरपालिका कार्यालयको समन्वयमा विभिन्न टोलीले घर घरमा पुगि बिभिन्न सचेतना मुलक पर्चा पम्पलेट बाडनुको साथै सरसफाई सम्बन्धि ध्यान दिन मौखिक रुपमा पनि अनुरोध गरिरहेको छ ।













प्रतिक्रिया