धनगढी, १ चैत । एमाओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश न ७ को ऐतिहासिक प्रथम सम्मेलन यहि चैत ६ गतेदेखि आयोजना हुने भएको छ ।
कैलालीको अतरियामा आयोजना हुने सम्मेलनमा ७ नम्बर प्रदेशका ९ वटा जिल्लाका करिब ५ हजार मजदुरले भाग लिने छन् ।
मजदुरहरुमाथि भइरहेका सबै खाले शोषण अन्त्य गर्नका लागि यो सम्मेलन कोसेढुङ्गा साबित हुने र सम्मेलन बाट ७ न प्रदेशका सम्पूर्ण मजदुरलाई एकताबद्ध गरि चरणबद्ध आन्दोलनका माध्यमबाट उनीहरुका जायज र न्यायिक मागलाई पुरा गरिने कुरा महासंघका केन्द्रिय सदस्य तथा ७ प्रदेशका आर्थिक बिभाग संयोजक जगदिश सेटीले बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनका तयारी लगभग पुरा भइसकेको छ । यसैबीच सम्मेलनलाई कसरी सफल पार्ने विषयमा सोमबार महासंघ ७ नम्बर प्रदेश संयोजक नरहरि नाथ योगीको नेतृत्वमा बैठक समेत बसेको छ । बैठकमा बम बहादुर कठायत लगायतले सम्मेलनलाई ऐतिहासिक बनाउन सुझाव दिएका थिए ।












प्रतिक्रिया