१५ कार्तिक २०८३, आइतबार

कलंकीबाट घर हिडेकी युवती कलकत्ताको वेश्यालय पुगेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Debaki-Giri
देवकी गिरी

काठमाडौँ, १ चैत । जिउ मास्ने बेच्ने अपराधमा पुनरावेदन अदालत पाटनको २०६८ फागुन ३० गतेको फैसलाले ४ बर्ष कैद हुने ठहरेकी धादिङ्ग खानीखोला गाबिस–६ बस्ने ३१ बर्षीया देवकी गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले गिरीलाई सोमबार सामाखुशीबाट पक्राउ गरेको हो । निजलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा पठाएको छ ।

२०६२ फागुन ७ गते गिरी समेतका व्यक्तिहरुले पीडित युवतिलाई घर पु¥याईदिन्छु भनी कलंकीबाट रात्री बस चढाई बेहोस बनाई बिरगंज हुदै भारतको कलकत्तामा पु¥याई भारतीय ९० हजार रुपैयामा बिक्रि गरेका थिए ।

त्यसरी बिक्रि गरिएकी पीडित युवतीलाई जबरजस्ती भारतकै कलकत्ता स्थित एउटा वेश्यालयमा जबरजस्ती वेश्यावृतिमा लगाइएको २४–२५ दिन पछाडी उक्त वेश्यालयबाट पीडित उम्कन सफल भई चकलेट कारखानामा मजदुरी गरी केही रकम जम्मा गरी नेपाल फर्की आई जाहेरी दरखास्त दिएकोमा पुनरावेदन अदालत पाटनको फैसलाले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ बमोजिम गिरीलाई ४ बर्ष कैद सजाय हुने गरी फैसला भएको थियो ।