२९ आश्विन २०८३, बिहिबार

विशेष पूजा गर्न मोदीले भारतबाटै ब्राम्हण ल्याउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-arrivesकाठमाडौं, १२ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साता नेपाल भ्रमणमा आएका बेला पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्। पूजाका लागि ब्राह्मणसहितको टोली भारतबाटै आउँदैछ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भारतीय प्रधानमन्त्री मोदीले साउन १९ गते सोमबार मन्दिरमा करिब आधा घन्टा पूजा गर्नेछन्।

काठमाडौंस्थित भारतीय दूतावासको टोलीले मोदीको पशुपतिनाथ दर्शनबारे शनिबार कोषलाई औपचारिक जानकारी दिएको थियो।

‘केही ब्राह्मणसहित ५०–६० जनाको टोली भारतीय प्रधानमन्त्रीसँगै उतैबाट आउने जानकारी आएको छ,’ कोषका सदस्य–सचिव गोविन्द टन्डनले आइतबार भने।

प्रधानमन्त्री मोदी साउन १८ गते आइतबार नेपाल भ्रमणमा आउँदैछन्। त्यही क्रममा पशुपतिनाथमा विशेष पूजा गर्ने कार्यक्रम रहेकाले कोष व्यवस्थापन त्यसैको तयारीमा जुटेको छ।

सदस्य–सचिव टन्डनका अनुसार पशुपतिमा मोदीले मूलभट्टबाट विशेष पूजा गराउनेछन् भन्ने समाचार आजको नागरिक दैनिकले छापेको छ ।

भगवान शिवको महिनाका रूपमा चिनिने साउनको प्रत्येक सोमबार पशुपतिमा दर्शनार्थीहरूको भिड हुन्छ।