१५ कार्तिक २०८३, आइतबार

‘मधेसी महिलाको सहभागिता स्थानीयस्तरबाटै सुरु गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niru_Pal_2काठमाडौँ, १ चैत । विभिन्न राजनीतिक दलका महिला नेत्रीहरूले नेतृत्व विकाससँगै राज्यका हरेक संरचनामा मधेसी महिलाको समान सहभागिता हुनुपर्ने माग गर्नुभएको छ ।

सङ्कल्प–शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालद्वारा यहाँ आज आयोजित ‘मधेसी महिलाका सवालमा राष्ट्रिय परामर्श गोष्ठीमा महिला नेत्रीहरूले मेधसी महिलाको नीति निर्माण तहमा सहभागिताका लागि नीतिगत व्यवस्थासँगै त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कार्य सम्पादन समिति सदस्य प्रतिभा राणाले मधेसी महिलाको सवालमा संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै थप अधिकारका निम्ति अगाडि बढ्नुपर्छ भन्नुभयो ।

नेकपा (एमाले)की नेत्री निरुदेवी पालले संविधान सबैभन्दा बढी महिला, मधेसी, दलित, मुस्लिम तथा उत्पीडित समुदायलाई आवश्यता भएको हुँदा कार्यान्वयनका लागि त्यो समुदाय नै सबैभन्दा बढी सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो ।

पूर्व सभासद् करिमा बेगमले लामो समयसम्म तराईका जिल्लामा भएको आन्दोलनका क्रममा सबैभन्दा बढी महिलामाथि हिंसा भएको भन्दै गुनासो गर्नुभयो ।

सङ्कल्प–शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले गरेको एक अध्ययनअनुसार पछिल्लोपटकको मधेस आन्दोलनका क्रममा प्रहरी प्रशासनले महिला आन्दोलनकारीमाथि यौन दुव्र्यवहार भएको पाइएको छ । आन्दोलनका क्रममा तीनजना मधेसी महिलाको मृत्यु भएको थियो ।

सोही अवसरमा एकीकृत नेकपा (माओवादी) वाइसिएलकी उपाध्यक्ष लीला शर्मा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)की नेत्री प्रमिला गच्छदारले नेतृत्व तहमा मधेसी महिलाको सहभागिताका निम्ति स्थानीयस्तरबाटै सुरु गर्नुपर्ने धारणा राख्नुभयो । रासस