१५ कार्तिक २०८३, आइतबार

गुडेको दोस्रो दिनमै मेट्रो बसमा ढुंगा प्रहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Metroकाठमाडौं, १ चैत । आइतबारदेखि काठमाडौं उपत्यकामा गुडेको अहिलेसम्मकै बढी सुविधा भएको मेट्रो बसमा ढुंगा प्रहार भएको छ ।

महानगर यातायातले सञ्चालन गरेको बा ४ ख १०६ नम्बरको बसमाथि सोमबार मध्यान्ह बल्खुमा ढुंगा प्रहार भएको हो । ढुंगाबाट बसको सिसा फुटेको छ । यात्रुलाई भने कुनै चोट लागेन ।

ढुंगा प्रहार गर्ने व्यक्तिको पहिचान नभएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार वनस्थलीमा भव्य कार्यक्रम गरी महानगरले पहिलोपटक काठमाडौंमा ३९ वटा बस सञ्चालनमा ल्याएको थियो ।