– झलक पाली
डोटी, १ चैत । नेपाल विद्युत प्राधिकरण दिपायल वितरण केन्द्रका कर्मचारी राजेन्द्र खत्रीको करेन्ट लागेर ज्यान गएको छ ।
जिजोडामाण्डौ गाविसको उच्चाकोट र छोयामा बिग्रीएको विद्युत लाईन मर्मतका लागि गएका खत्रीको आईतबार बेलुका करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
विद्युत मर्मत भईरहेका बेला सबस्टेशनबाट कटौती गरिएको विद्युत प्रसारण लाईनको फेडर जोडीदिएपछि उनको करेन्ट लागेर ज्यान गएको हो ।
सबस्टेशनबाट विद्युत कसले खोलेको हो भन्ने विषयमा अनुसन्धान भईरहेको ईप्रका दिपायलका प्रमूख भिम बहादुर मल्लले बताए ।
मृतक खत्री दिपायलमा रहेको विद्युत प्राधिकरणमा ज्यालादारीमा कार्यरत कर्मचारी हुन् । शवको जिल्ला अस्पताल डोटीमा पोष्टमार्टम भईरहेको छ ।












प्रतिक्रिया