३० आश्विन २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपतिको चुनावमा यी नेपाली बने निर्वाचन अधिकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rishi Ram Gaire
रिचार्ड (रिशिराम) राम गैरे

सिकागो १ चैत । अमेरिकामा यति बेला आगामी बर्ष हुने राष्ट्रपति चुनाबमा पार्टीको तर्फबाट उमेद्वार बन्नको लागि जनता र कार्यकर्ताको मतबाट निर्वाचित हुने प्रक्रिया शुरु भएको छ ।

अमेरिकाको राजनीतिमा डेमोक्रेट र रिपब्लिकन पार्टीको बिगत १५० बर्षदेखि कट्टर प्रतिस्पर्धा हुदै आएको छ । नेपालमा जस्तै अमेरिकामा पार्टीको उमेद्वार हुन नेताहरुको आशिर्वादले मात्र पुग्दैन, यसको लागि पार्टी कार्यकर्ता र मतदाताको पनि समर्थन चाहिने भएको हुँदा यति बेला प्राथमिक चरणको चुनाब चलिरहेको छ यस्तो चुनाब गराउन अमेरिकी निर्वाचन आयोगले निस्पक्ष र सक्षम योग्यता पुगेको व्यक्तिलाई खोजी गरि निर्वाचन अधिकृतको जिम्मा दिन्छ । यहि शिलशिलामा यहि मार्च १५ को इलोनोइज राज्यको माउन्ट प्रोस्पेक्ट सिटीमा नेपालीले नागरिक रिचार्ड (रिशिराम) राम गैरेलाई नियुक्त गरेको छ ।

बिगत ९ बर्ष देखि इलिनोइज राज्यको सिकागोमा बस्दै आएका गैरे गत बर्ष अमेरिकाको सिटिजन प्राप्त गरेका थिए । नेपालमा रहदा समेत शिक्षक रही निवाचनको अनुभव गरेका गैरेले अमेरिकी सरकारले यति ठूलो बिश्वास गरि जिम्मेदारी प्रदान गर्नु यो नेपालहरुको लागि गौरबको बिषय भएको बताए । उनलाई इलिनोइज राज्यको माउन्ट प्रोस्पेट सिटीको लागि क्लार्क ओफ कुक काउन्टिको तर्फबाट इलेक्सन ओफ डाइरेक्ट डेविडले एक इमेलमार्फत नियुक्ति पत्र पठाएका छन् ।

२ वटा पार्टीको कडा प्रतिस्पर्धामा डेमोक्रेट पार्टीको तर्फदेखि पूर्व राष्ट्रपति बिल क्लिन्टन कि धर्म पत्नी तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा पछिल्लो समय समाजबादी छबि बनाएका बर्नी स्यांडरबीच कडा टक्कर भएपनि आयोबा राज्य बाहेक न्युह्याम्सर नर्थ क्यारोलोना मेचिगन र अन्य आधा दर्जन राज्यमा भएको निर्वाचनमा स्याण्डर्सलाई हिलारीले भोटमा बाजी मारिसकेकी छन् । अर्कोतर्फबाट रिपब्लिकन पार्टीको तर्फबाट अरबपति धनाढ्य डोनाल्ड ट्रंम्पसंग ट्रेड क्रुज र मार्क रुबियो प्रतिस्पर्धामा रहेपनि उनीहरु दुवै जनालाई डोनाल्डले विभिन्न राज्यमा भएको आन्तरिक चुनाबमा माथ गरेर अगाडि आइसकेका छन् ।

Letter
अमेरिकी सरकारले पठाएको पत्र

यद्यपि ओबामाको हेल्थकेयर सम्बन्धि लगायतको कार्यक्रमबाट नाखुश रहेका गोरा र धनाढ्य अमेरिकनहरु डेमोक्रेटिक पार्टीको ८ बर्षदेखिको लगातार सत्ता संचालनको क्रमभंगता गर्ने मनसाय पनि पुरा हुने स्थिति निर्माण भैसकेको छैन । रिपब्लिकन पार्टीको तर्फबाट अलिकन बलिया देखिएका धनाढ्य ड़ोनाल्ड उनको चुनाबी शैली र प्रस्तुतिबाट मनोरञ्जन मात्र प्राप्त भैरहेको बताउने अमेरिकीहरु यसपटक पनि गतिलो उमेद्वार नपाएको कारण आगामी बर्ष हुने राष्ट्रपतिको निर्वाचन आफ्नो पक्षमा पार्न नसकिने हो कि भन्ने चिन्तामा रहेका छन् ।

यता रिपब्लिकनको तर्फबाट प्रभावकारी उमेद्वार नपाइरहेको अवस्थामा डेमोक्रेट पार्टीको बैकल्पिक उमेद्वार बर्नी स्यान्दर्स पुँजीपति र स्वार्थी अमेरिकी राजनीतिमा जनताको लोककल्याणकारी कार्यक्रमको साथ प्रष्ट समाजबादी कार्यक्रम लिएर अगाडी बढिरहेका न्यूनआय हुने अमेरिकीहरु बर्नी अहिलेसम्म नदेखिएको र एकै चोटी यस्तो प्रभावकारी समाजबादी कार्यक्रमको साथ कसरी आए भनेर अचम्म माने झैँ गरे पनि उनले आफ्नो यो योजनालाई टेलिभिजन कार्यक्रममा दरिलोसंग प्रस्तुत गर्न नसकेको र उनी अर्को पटकको लागि डेमोक्रेटको लागि दरिलो उम्मेदवार हुने अड्कलबाजी चलेको छ ।

यसैगरि डेमोक्रेटको बलियो गढ मानिएको र डोनाल्डको समेत ८ मिलियन सम्पति रहको सिकागोमा रिपब्लिकन उम्मेदवार डोनाल्डको तर्फबाट गत शुक्रबार राखिएको र्याली तथा सभा डेमोक्रेट कार्यकर्ताले गरेको ब्यापक बिरोधका कारण रोकिनुले अमेरिकामा पनि अझै राजनीतिक संस्कार निर्माण भै नसकेको पर्यवेक्षकहरुले बताएका छन् ।