३० आश्विन २०८३, शुक्रबार

लेखक थपलिया अमेरिकामा सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajan

– कमल कोईराला

न्यूयोर्क । द पावर न्यूजको दोस्रो वार्षिक उत्सबको अबसरमा यस बर्षदेखि प्रबासमा रहेर देशको हितमा कार्य गर्ने युबाहरुलाई सम्मान गर्ने निर्णय अनुरुप बिभिन्न बिधा अन्तर्गत लेखन बिधामा न्यूयोर्क निबासी लेखक राजन थपलिया लाई “राइटर अफ दि इएर २०१५” ले सम्मान गरिएको छ ।
प्रबासमा बसेर अङ्रेजी साहित्य मा कलम चलाई रहेका थापलिया ले देशमा महा भुकम्प जादा ब्यक्तिगत तर्फबाट २ लाख र उनको कृती ‘रिज्वाइ’बाट उठेको रकम सम्पुर्ण रकम भुकम्प पिडित हरु को सहयोग मा खर्च गरेका थिए । उनको काम को बिशेष मुल्याङकन गर्दै पावर न्युज कमिटीले उनलाई पुरस्कार प्रदान गरेको हो ।

भर्खर का युबा त्यस माथी पनि प्रबास मा बसेर देश प्रती सदभाब राख्नु, परेको बेला देश प्रती माया देखाउनु आफै मा सरहानिय कार्य हो । यो कार्य बाट अरु युबा हरु ले केहि सिक्नुपर्दछ ।

थपलियालाई सम्मान गर्न पाउदा निकै खुशी लगेको पावर न्युज का अध्यक्ष दिपक न्यौपानेले बताए ।

अमेरिका न्यूयोर्क निबासि थपलिया का रिज्वाइस सिरिज का साथै लाईफ इज नट इजि, १००५ लाईफ जस्ता कृती हरु लोकप्रिय छन । अब को जेनेरेसन अङ्रेजी भाषा को मध्याम बाट जान सके एकदिन नेपाली हरु ले पनि अङ्रेजी साहित्य मा ठुलो नाम राख्ने कुरा सम्पादक महेश भण्डारीले बताए ।

थपलिया मेडिकल साइन्स को बिद्यार्थी हुन । लामो समय देखी अमेरिका मा बसोबास गरी रहेका थपलिया भन्छन्– हामी ले जहाँ गए पनि जे गरे पनि देश र हाम्रो मौलिक सस्कृती लाई बोकेका हुनछौ । लेखन को माध्याम बाट नेपाल लाई बिश्व मा चिनाउन सके म आफु लाई सफल ठान्ने छु । त्यसै को लागी म लागी परेको पनि छु । आज पाव र न्युज ले दिनु भए को सम्मान प्रती आभर ब्यक्त गर्दछु ।’

अरु पनि बिभिन्न बिधा मा समाज मा बिशेष योगदान दिने ब्यक्ती हरु लाई सम्मानित गरिने कुरा सम्पादक भण्डारीले बताए ।