१५ कार्तिक २०८३, आइतबार

पश्चिमी वायुको प्रभावले मौसममा खरावी: पश्चिमी भेगमा वर्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsa-1

काठमाडौँ, १ चैत । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा खराबी आएको छ ।

उक्त वायुको प्रभावले देशका अधिकांश भागमा बदली हुनुका साथै पश्चिमका केही भेगमा वर्षा भएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो ।

“मौसम बदली आज दिनभर रहन्छ, खासगरी पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ । काठमाडौँ उपत्यकामा साँझपख क्षणिक वर्षा हुने देखिन्छ”- उहाँले भन्नुभयो ।

पश्चिमका अधिकांश भेगमा आइतबारदेखि नै क्षणिक वर्षा हुने क्रम जारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानदेखि सोमबार बिहानसम्म दिपायलमा ३० मिलिमिटर, धनगढी र वीरेन्द्रनगरमा २२ समान मिलिलिटर वर्षा भएको छ । नेपालगन्ज, दाङ, जुम्ला, डडेलधुरालगायतका स्थानमा पनि हल्का वर्षा भएको छ ।

देशको पश्चिमी भेगबाट आइतबारदेखि नै सक्रिय प्रणाली अहिले क्रमशः पूर्वतर्फ सरेको भए पनि पश्चिमका अधिकांश भेगमा आज पनि बदली भएको छ ।

काठमाडौँ उपत्यकासहित देशभरको मौसममा भोलि बिहान केही सुधार आए पनि दिउँसो पुनः बदली हुने र बुधबारदेखि मात्र मौसममा सुधार आउने मौसमविद् कँडेलको भनाइ छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.५ र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसको हाराहारीमा रहेको महाशाखाले जनाएको छ । रासस