
काठमाडौं । ‘नयाँ शक्ति बनाउने’ भन्दै जीन्दगीभरी ‘पौरख’ गरेको कम्युनिष्ट सिद्धान्त चटक्क छाडेर नौतिर मुख फर्किएका व्यक्तिहरु भेला पारिरहेका बाबुराम भट्टराईले २०७३ बैशाख १ मा औपचारिक रुपमा नयाँ पार्टी घोषणा गर्दैछन ।
नयाँ पार्टी गठनका लागि भट्टराई हिजोआज उत्तिकै सक्रिय पनि भइराखेका छन । तर, भट्टराईको नयाँ पार्टी गठन हुनु अगावै नै उनको अभियानमा छिद्रहरु देखा पर्न थालेको खबर साँघु साप्ताहिकले छापेको छ ।
देखिएका नयाँ छिद्राले कतै भट्टराईको नयाँ शक्ति बनाउने प्रयत्न ‘माछो-माछो भ्यागुतो’ त हुने होइन भन्ने संशय भट्टराईले केही गर्छन कि भनेर भरोसा गरेकाहरुमा पलाउन थालेको छ ।
स्रोतका अनुसार भट्टराईलाई विश्वास गरेर हुँदाखाँदाको एमाओवादी पार्टी त्यागेर पछि लागेकाहरु अहिले सवैभन्दा बढी भट्टराईबाट रुष्ट बन्न पुगेका छन ।















प्रतिक्रिया