बामाको, १ चैत । दुई शान्ति सेनालाई उनीहरुको सहयोद्धाद्वारा गोली हानी हत्या गरिएको संयुक्त राष्ट्रसङ्घ शान्ति अभियानले आइतबार बताएको छ ।
घटनामा एक जना अन्य सामान्य घाइते भएका छन् ।
शनिबार साँझ भएको उक्त घटना मालीको टेसालिट मिनुस्मा शिविरमा भएको हो ।
सँगै रहेका आफ्ना सहयात्रीलाई एकाएक आक्रमण गरेपछि उनीहरुमध्ये दुईको मृत्यु भएको र एक जना घाइते अवस्थामा उपचाररत् भएको मिनुस्मा मिसनद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
वक्तव्यमा मृतक उनीहरु कुन देशका हुन भन्नेबारे केही जनाइएको छैन । एएफपी















प्रतिक्रिया