
वीरगन्ज, ३० फागुन । युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेलले मधेसमा वितण्डा मच्चाउनेलाई नछाडिने चेतावनी दिएका छन् ।
प्रेस चौतारी नेपाल पर्सा शाखाले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले मधेशी जनतालाई दुःख दिने गरि भ्रष्टाचार गर्ने र जनताको अधिकार कुण्ठीत गर्ने जो कोहीलाई नछाडिने चेतावनी दिए ।
उनले मधेशी जनतालाई गुमराहमा राखेर आन्दोलन गर्नेहरुको पोल खुलेको चर्चा गर्दै मधेशी जनताले नै दुःख पाउने गरि हुने आन्दोलनको जनता आफैले प्रतिरोध गर्ने भएकोले त्यसमा युवा संघको समर्थन रहने समेत बताए ।
कार्यक्रममा संघका सचिवालय सदस्य एवं मधेश ब्यूरो प्रमुख संन्जीव झाले मधेशको बिकासमा नेकपा एमालले ध्यान दिएको बताए । उनले केही भ्रम छरेर जनतालाई आन्दोलित बनाउनुको कुनै अर्थ नरहेको बताए ।
उनले अन्तर्राष्ट्रिय सहयोग र आड भरोसामा गरेको आन्दोलनले निकास नदिने ठोकुवा गर्दै हाम्रो आन्तरिक समस्या समाधान गर्न हामी आफै योग्य रहेको दावी गरे । उनले मधेश सबै मेरो हो भनेर कुर्लनेहरु मधेशी जनता समस्यामा पर्दा मलहम लगाउन नजाने गरेको तर्क गरे ।
सत्ता र स्वार्थमा रुमल्लिएकाहरुले आफूलाई मधेशीको मसिहा ठानेपनि जनताले त्यो कुरा नपत्याएको बताए ।
युवासंघले देशका सबै भूभाग र सबै जात जातिको हितमाकाम गर्दै आएको चर्चा गर्दै उनले बिकासको दिशामा नेपाली युवालाई परिचालन गरिने बताए ।












प्रतिक्रिया