१५ कार्तिक २०८३, आइतबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, ३० फागुन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७२ मङ्सिर/पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्यणानुसार आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाफल (www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np) मा हेर्न सकिनेछ । साथै, नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ ।

त्यस्तै एमपिए स्पेस रोल नं टाइप गरी ४९४९ मा एसएमएस गरी समेत नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस