
– विकाश पराजुली
बुटवल, ३० फागुन । नियमतः सडक क्षेत्रमा कुनै पनि व्यापार–व्यवसाय गर्न पाइँदैन । यही आधारमा बुटवलको मुख्य सडकमा राखिएका ठेला तथा फुटपाथ व्यवसायीलाई केही समय अगाडि प्रहरीले हटाएको थियो ।
तर अहिले सडकमा ठेला तथा फुटपाथ व्यवसायी गर्नेहरुको संख्या बढ्दै गएको छ । जसका आवागमनमा चरम समस्या भैरहदा यसप्रति कसैको पनि ध्यान पुगेको छैन । सडक क्षेत्रभित्र निर्माण सामाग्री तथा फुटपाथ व्यापार गर्न नपाईने भएपनि व्यापारीहरुले सडकमै आई व्यापार गर्दा सवारी आगामन सँगै सर्वसाधारण समेत समस्यामा पर्ने गरेका हुन् ।
सडकमा ट्राफिक लेन सिकाउने ट्राफिक प्रहरी ठेलाकै कारण पैदल हिड्ने यात्रुहरु मर्कामा परेको देखेपनि नदखे जस्तै बनेको छ । बुटवलको बसपार्क, अस्पताललाईन, ट्राफिकचोकका मुख्य राजमार्ग किनारमा ठेलाको मेला लागे जस्तै हुँदा पनि प्रहरीले हटाउन कुनै चासो देखाएको छैन् । त्यो सँगै अझ सडक किनारबाटै अव्यवस्थित रुपमा मोटरसाईकल हुँईकाउँदा पनि प्रहरीले चासो नदेखाउँदा सर्वसाधारण पनि प्रहरी देखी अचम्मीत बनेका छन् ।
मुख्य सडक सँगै भित्री सडकमा पनि फुटपाथ व्यापारीहरुले सडक नै ढाक्ने गरी ठेलामा व्यापार व्यवसाय गरिरहेका छन् ।
सडकपेटीबाट मोटरसाईकल हुईकाउँनेलाई कुनै बेला कारबाही गरेको ट्राफिक प्रहरी अहिले नतमस्त जस्तै बनेको छ । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक प्रकाश अधिकारीले ट्राफिक नियमको पालना हुँदा दुर्घटना बढेकाले सडक लेन पालना गराउने अभियान चलाएको बताए । उनले भने–“अहिले तपाईले भने जस्तै ठेलाहरुको विगविगी भएको छ, यसका लागि हामीले छिट्टै एक्सन लिदै छौ ।”
उनले अहिले बुटवलमा देखिएको ईरिक्सा अव्यवस्थितलाई पनि व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
पैदल यात्रीहरु हिड्ने स्थानबाट मोटरसाईकल हुँइकाउने, चर्को साईरनको प्रयोग गर्ने तथा सामान्य ट्राफिक नियमहरुको पनि पालना नगर्ने क्रम अहिले पनि बढेको छ । बुटवलमा राखिएका जेव्रा क्रसबाट मानिसहरुले भन्दा बढि मोटरसाईकलले बाटो काटेपनि नजिकै रहेको ट्राफिक देखे पनि नदेखेजस्तै गर्ने गरेको समेत भेटाईन्छ ।
सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सडकमा जडित भएका ट्राफिक नियमको शिक्षा दिएपनि वेवास्ताका कारण नियमको पालना हुन सकेको छैन । जसका कारण दुर्घटना बढ्ने सम्भावना बढि रहन्छ ।
एसपी अधिकारीले पहिलेको तुलनामा अहिले मानिसहरुमा परिर्वतन आउँदै गरेकाले विस्तारै यो समस्या समाधान हुने बताउँछन् ।
उनले कतिपय पैदल यात्रीहरु कहाँ बाट बाटो काट्ने भन्ने सामान्य हेक्का समेत नराख्नु पैदल यात्रीहरुको कमजोरी भएको बताए । उनले पैदल यात्रीहरुलाई पनि कुनै कुनै समय ट्राफिक संकेत अनुसार आफ्नो व्यवहारमा परिर्वतन गर्न सडकमा प्रशिक्षण समेत गरेको उनले बताए ।
यता ठेला व्यवसायीहरुलाई स्थापित गर्ने भन्दै गठन गरिएको रुपन्देही ठेला व्यवसायी संघ अहिले भुमिगत जस्तै बनेको छ । नयाँ दर्ता नविकरण, न कुनै कार्य, न त ठेला व्यवसायीहरुबाट उठाएको रकमको लेखा जोखा नै गरेको छ ।
प्रहरीले ठेला हटाउने भनेपछि संगठित बनेका ठेला व्यवसायीहरु अहिले कहाँ छन त्यी सदस्य ठेला व्यवसायीलाई नै थाहा नभएको एक सदस्यले बताए । प्रहरीको कदम विरुद्ध राके जुलुस गर्दै बुटवल बजार बन्द गराउने ठेलाव्यवसायी समिति अहिले आफ्ना व्यवसायीहरुले लापरबाही रुपमा सडक क्षेत्रभित्र व्यापार गर्दा न त्यी व्यापारीहरुलाई सम्झाउने बुझाउने काम गरेको छ, न त कुनै व्यवस्थित विकल्पको ढाँचानै बनाएको छ ।
रुपन्देही ठेला व्यवसायी समितका अध्यक्ष मोतिलाल कंडेल अहिले आफ्नै धुनमा छन् । कहाँ छन, के गर्दै छन् कुनै पदाधिकारीलाई पत्तो छैन् । हामीले पनि उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमानै आउँन चाहेनन् ।















प्रतिक्रिया