१५ कार्तिक २०८३, आइतबार

काठमाडौंमा दिउँसै यस्तो ठगी, प्रहरी पनि चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauकाठमाडौँ, ३० फागुन । धातुको बुद्धको मुर्तीलाई सुनको मुर्ती हो भनी ठगी गर्ने गिरोहका नुवाकोट कुमारी–६ बस्ने २६ बर्षीय प्रदिप विक (सुनार) र काभ्रे खरेलथोका–२ घर भई कपन बस्ने २३ बर्षीय सन्तोष खरेललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ चन्द्रगिरी नगरपालिका–१० थानकोट बस्ने भुवन सुनारलाई प्रदिप समेतका व्यक्तिहरुले विभिन्न बहाना बनाई आफूसंग १ करोड मूल्य पर्ने सुनको बुद्धको मुर्ति रहेको र आफुहरुलाई रकमको समस्या परेकोले १५ लाख रुपैयाँमा भए बुद्धको मुर्ति दिने थियौ भनी विश्वासमा पारी मुर्तिको केही भागमा सुनको अंश राखी १२ लाख ७० हजार रुपैयामा विक्री गरेका थिए ।

पछि उक्त मुर्ति हेर्दा नक्कली भएको थाहा पाएपछि पीडितले महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले फागुन ५ गते नुवाकोट कुमारी–६ घर भई मातातिर्थ बस्ने २२ बर्षीय दिपक सुनार र ५१ बर्षीय मिनबहादुर क्षेत्रीलाई पक्राउ गरी आवश्यक कारवाही गरेको थियो ।

उक्त कार्यमा संलग्न रहकी फरार रहेका उनीहरुलाई प्रहरीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरु दुबै जनालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।