जेनेभा, ३० फागुन । सिरियाली राष्ट्रपति बसर अल असदले कुनै पनि अवस्थामा सत्ता छोड् पर्ने सिरियाली विपक्षीको अडान रहेको छ । असदले जीवितै अथवा मुर्दा अवस्थामा पनि सत्ता छोड्नै पर्ने सिरियाली विपक्षीले प्रष्ट पारेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सोमाबार जेनेभामा सिरियाली द्वन्द्वको अन्त्यको शान्तिवार्ता सुरु हुन गईरेहको छ ।
सरियामा सन् २०११ बाट सुरु भएको द्वन्द्वमा परी २ दुई लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो द्वन्द्व अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब पनि परेको छ ।
जारी द्वन्द्वमा मारिएका मध्ये करिब ८० हजार सर्वसाधारण रहेका छन् । तीमध्ये पनि १३ हजार पाँच सय भने बालबालिकाको सङ्ख्या रहेको छ ।
यस द्वन्द्वमा सिरियाको जनसङ्ख्याको ५० प्रतिशत भन्दा बढीले विस्थापित हुनु परेको छ । सिरियामा जारी द्वन्द्वको कारण ४७ लाख जनसङ्ख्या आफ्नो देशबाट विस्थापित भई अन्य छिमेकी देशमा शरण लिन पुगेका छन् । एक युगमा एक द्वन्द्वमा छिमेकी राष्ट्रमा शरणार्थी बन्न पुगेका यो एक ठूलो सङ्ख्या भएको बताइएको छ ।
असद पतन भएको दिनबाट देश सक्रमणकालीन अवस्थामा यात्रा गर्न सुरु गर्ने विश्वास गरिएको विपक्षीको तर्फबाट शान्तिवार्ताका प्रमुख मोहमद आल्लुअसले एएफपीलाई बताउनु भएको छ । रासस /एएफपी















प्रतिक्रिया