१५ कार्तिक २०८३, आइतबार

मधेशमा कुटिए युवा संघका नेता, प्रहरीलाई दियो कडा चेतावनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force

काठमाडौं, ३० फागुन । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका नेताहरुमाथि मधेसमा प्रहरीले दुर्व्यवहार गरेको छ ।

संविधान प्रचार प्रसारका क्रममा मधेसका गाउँ गाउँमा खटिएका आफ्ना मधेशका नेताहरुमाथि दुर्व्यवहार भएपछि युवा संघले आइतबार विभिन्न जिल्लामा कार्यरत दुई प्रहरी अधिकारीमाथि कार्वाहीको माग समेत गरेको छ ।

जनताका मुद्दाका विषयमा छलफल गर्ने क्रममा प्रहरी अधिकारीद्वारा आफ्ना सचिवालय सदस्य एवं नारायणी अञ्चल ईन्चार्ज धुव यादवलाई बारामा अपमानजनक गालीगलौज गरिएको र अर्का केन्द्रीय सदस्य रवीन्द्र साहमाथि सिरहामा बल प्रयोग गरी कुटपीट गरिएको भन्दै युवा संघले घटनामा संलग्न प्रहरी अधिकारीमाथि कार्वाहीको माग गरेको हो ।

संघले आइतबार मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) पशुपति उपाध्यायमार्फत् प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई घटनाबारे यथाशिघ्र छानबिन गरी दोषीउपर कार्वाही गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ ।

सचिवालय सदस्य ध्रुव यादवलाई बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्माले गालीगलौज गरेको र केन्द्रीय सदस्य रवीन्द्र साहलाई सिरहा प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम ग्वालीले कुटपीट गरेको ज्ञापनपत्रमा जनाइएको छ ।

सङ्घका उपाध्यक्ष रमेश पौडेल र युवा संघका मधेस व्युरो प्रमुख सञ्जीव कुमार झाको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै संविधान पक्षधर शक्तिहरुलाई तराईमधेशमा अराजनीतिक र गैरलोकतान्त्रिक तवरले आक्रमण भइरहेको बेला संविधान कार्यान्वयनका खटिएका अभियन्ता यादव र साहलाई राज्यकै अङ्गले कुटपीट गर्नु अनुचित कार्य भएको बताएको छ ।

जवाफमा डीआईजी उपाध्यायले आईजिपी अर्याल एक हप्तापछि स्वदेश फर्किने र घटनाबारे कुरा राख्ने आश्वास दिएका थिए ।