हिन्दूहरुको महान् चाड बडादसैंको आठौं दिन अर्थात् महाष्टमी । वली दिने दिन अर्थात् आ–आफ्ना देवीदेवतालाई खुशी पार्ने दिन । विजयादशमी मान्न गाउ“ हानिएको अवस्था । ससुरालमा बसिरहेको थिएँ । प्रसादका निम्ति निम्तो आयो । जान सहमत भएँ । बूढीलाई लिएर हुईकिएँ । जानुपर्ने कठरिया थारुको घर । छिटो पुगेछु । पूजापाठको तयारी हु“दै रहेछ । घर अगाडिको माटोको ढिस्को लिप्न सुरु भयो । तवसम्म अन्धकारले ठाउ“ लिइसकेको थियो । आफू अली चञ्चले स्वभावको । हातमा मोबाईल थियो, पलियाबाट ११ हजार रुपैयाँ खर्चेर किनेको । मोबाइलमा भिजिए क्यामरा बाहेक केही थिएन । खल्तीबाट मोबाइल निकालेर भिडियो क्यामरा अन गरेर हेर्न थालें मोवाइलको स्क्रिनमा पोलिएको माटोको ढिस्को । स्क्रिनमा हेरिरहेको थिएँ तर अन वटन थिचेको थिएन । पूजा गर्न लागेको भिजवल खिच्ने चाहना थियो । माटोको ढिस्को नजिक एक व्यक्ति पूजाको सामानसहित उपस्थित भए । म हेर्दै थिएँ मोवाइलको स्क्रिनमा । उनले पूजा गर्न सुरु गरे । दियो बाले । अगरवत्ती बाले । प्रसाद चढाए । माटोको ढिस्को उज्यालो भयो । हावामा उडेर घोडा आयो । चढाइएको ढिक्री खान थाल्यो । मोबाइलको स्क्रिनमा दृश्य देखियो । म चकमन्न भएँ । स्क्रिनमा देखिने घोडा, सिधा आँखाले हेर्दा देखिँदैन । स्क्रिन र सिधा आँखाले हेर्दाको फरक देखेर म अचम्मित भएँ । हेर्दा हेर्दै म बेहोस भएछु । होस् आउ“दा ससुराली घरमा सुतेको पाए । मोबाइल खोलें, हेरें । केही भेटिएन, रेकर्ड गर्न समेत होस् नरहेको रहेछ ।
शरीर र आत्माबारे हामी सबै सहमत छौं जस्तो लाग्छ । शरीर र आत्मा फरक–फरक हुन्छ । शरीर नाश भएर जान्छ तर आत्मा भने कहिल्यै नाश हुँदैन भन्ने हामी सबैले सानैदेखि सुन्दै आएका छौं । शरीर देख्न सकिन्छ थाहा भएकै कुरा हो । तर आत्मा भने देख्न सकिँदैन, महसुस गर्न सकिन्छ तर यसमा सबै सहमत हुन्छन् नै भन्न सकिँदैन । जसले भोग्छ उसैले जान्दछ । अगुल्टोले हानेको कुकुर बिजुली चम्के पनि तर्सन्छ, यो कुरामा हामी सबै सहमत छौं जस्तो लाग्छ मलाई । कुरा आत्माको । विश्वास गर्नुस् या नगर्नुस्, यो पंक्तिकारको धेरै पटक जम्काभेट भएको छ आत्मासँग ।
घडीको सूईले रातको १० बजेर अली अगाडि गइसकेको देखाएको थियो । सुत्ने तयारी भइरहेको थियो । सुत्नुपूर्व शौच गर्न घरभन्दा अली टाढा गईयो । आउ“दा अली गम्भीर बिषयमा कुरा भइरहेको पाएँ । म वसी हाले । म पाहुना भएर अरुको घरमा गएको अवस्था थियो । गफ गर्दागर्दै रात अलि छिप्पिनै सकेको थियो । आङ जिरिङ्ग भयो । म अत्तालिएँ । सँगै रहेकी एउटी केटी बरबराउन थाली । सबैजना उठेकै थिए । महिला, बच्चा, बूढाबूढी । उसले आफ्नो बालबच्चालाई सम्झिरहेकी थिई । अविवाहितले आफ्नो बच्चाका बारेमा सोध्दा म दोधारमा भए । चप्पलबिना हिँड्दा हिँड्दै खुट्टाको छाला गइसकेको गुनासो गरी । जाडोको कारण दुःख भएको गुनासो गरी । अरुले बुझेछन् । लामो समयसम्म कुरा भयो । केटी र अन्य बूढापाकाबीच । उनले समस्या भन्दै गईन्, पूरा गर्ने बचन दिँदै गईयो । अन्त्यमा आफ्ना छोराछोरीलाई नदीको डिलमा भेट्न पठाईदिनु भनी । केटी होसमा आई । सामान्य भई । यताउती हेरी । मसँग कुरा गर्न थाली । के भयो भनी प्रश्न गरी । म उसलाई हेरेर मुस्कुराएँ । मुस्कुराउनुबाहेक मसँगै कुनै जवाफ थिएन । सँगै भएका अरुले नै जवाफ दिए । ‘त्यही साहिँली आएकी थिई बिचरा’ उनीहरुले भने । बच्चाको माया लागेको होला । तँलाई राति बाहिर नजानु भनेको थिएँ, किन गईस् प्रश्न तेर्सियो । तँ बाहिर गएपछि समाति हाल्छे उसले । म नाजवाफ भएँ केहीबेर । प्रश्न तेस्र्याएँ– ‘के हो यो ?’ पहिले नदीमा नुहाउ“दा खोलामा डुबेर मरेकी थिई । समस्या परे बेलाबेलामा आउ“छे । मागेको कुरा पुगेको छैन । विश्वास गरेँ, पहिले पनि भोगेको छु ।
म उसलाई हेरेर मुस्कुराएँ । मुस्कुराउनुबाहेक मसँगै कुनै जवाफ थिएन । सँगै भएका अरुले नै जवाफ दिए । ‘त्यही साहिँली आएकी थिई बिचरा’ उनीहरुले भने । बच्चाको माया लागेको होला । तँलाई राति बाहिर नजानु भनेको थिएँ, किन गईस् प्रश्न तेर्सियो । तँ बाहिर गएपछि समाति हाल्छे उसले । म नाजवाफ भएँ केहीबेर । प्रश्न तेस्र्याएँ– ‘के हो यो ?’ पहिले नदीमा नुहाउ“दा खोलामा डुबेर मरेकी थिई । समस्या परे बेलाबेलामा आउ“छे । मागेको कुरा पुगेको छैन । विश्वास गरेँ ।
सानो थिएँ । अली चञ्चले, अली सिरियस । घरमा बत्ती थिएन । पढाई मेरो प्रमुख रोजाई थियो । खाली समय पायो कि पढ्नलाई कसैले रोक्न सक्दैनथ्यो । रात होस् या दिन या कुनै ठाउ“, समय पाए पढ्न बसी हाल्थें । दिनभर रुखको छहारी अनी रातमा खम्बामा जडान गरिएको नगरपालिकाको बत्ती भएको ठीक तल बसेर पढ्न बसी हाल्थें । घर नजिक सानो पुल, पुलको ठीक माथी बत्ती अनी मेरो पढाई । म बसेर पढ्ने रोडको पुलबाट करिब ५ सय मिटर पर थियो हल्दुको रुख । जो म बसेर पढ्ने पुलको सिधा तर टाढा थियो । पढ्दापढ्दै रातको करिब एक नबजेको दिन नै हुँदैनथ्यो होला । पढ्न मस्त हुन्थे । रात छिप्पिदै जान्थ्यो । रुखबाट सानो मान्छे निस्कन्थ्यो । म तिर जति बढ्दै जान्थ्यो त्यति नै ठूलो हुँदै जान्थ्यो । रुखभन्दा ठूलो भएपछि एक्कासी बिलायर जान्थ्यो । म पढ्दै त्यसलाई हेर्दै । लामो समयसम्म योे खेल चल्यो । घरमा बत्ती जडान भयो मभित्र बसेर पढ्न थालें खेल समाप्त भयो ।
‘आज पार्टी गर्नुपर्छ’ उसले भन्यो । म सहमत भएँ । तयारी अगाडि बढ्यो । किनमेललगायतका सम्पूर्ण काम पूरा भयो । मासु, टमाटर, प्याज, मसला नानाथरी । घरमा दुईटा साना बच्चा, म र उ पार्टी मनाउने घर पुगियो । तबसम्म रातको ८ बजिसकेको थियो । पकाउनसम्म रातको ९ बज्यो । करिब रातको १० बजे खाईयो । पार्टी समाप्त भयो । अब पालो आयो सुत्ने । करिब ११ बजेको थियो । दुई÷दुई जना गरेर अलग अलग कोठामा सुत्ने योजना अनुरुप सुत्न लागियो । ढोका भएकामा सानालाई अनि नभएकोमा हामी ठूला ।
शरीर जिरिङ्ग भयो । बाहिर स¥याकसुरुक आवाज आयो । मैले भनें भूत आयो । उसले पनि भन्यो हो साँच्ची नै आयो । बत्ती बालेर सबैतिर हेरें, कोही देखिएन । सुतें फेरी त्यस्तै भयो । ‘अब त सकिँदैन’ मैले भने । उसले ‘के गरौं त ?’ भन्यो । मैले ढोका भएको कोठामा जाऔं भनें ।
कुरा गर्दागर्दै रातको करिब १२ बजिसकेको थियो । सानाहरु मस्त निद्रामा थिए । हामी ब्यूँझिएकै थियौं । शरीर जिरिङ्ग भयो । बाहिर स¥याकसुरुक आवाज आयो । मैले भनें भूत आयो । उसले पनि भन्यो हो साँच्ची नै आयो । बत्ती बालेर सबैतिर हेरें, कोही देखिएन । सुतें फेरी त्यस्तै भयो । ‘अब त सकिँदैन’ मैले भने । उसले ‘के गरौं त ?’ भन्यो । मैले ढोका भएको कोठामा जाऔं भनें । उसले हो जाऔं भनी, त्यहाँ भगवान छ भनी । हामी लाग्यो । बच्चाहरु निदाएका थिए । बल्लतल्ल चुकुल खोलेर हामीले भुईंमा बिस्तरा लगाएर सुत्यौं, बच्चाहरु पलङमा थिए । मैले हँसिया र मार्चिस मागें । बच्चाहरुले दिए । मैले सिरानीमा राखें । जाडो समय थियो । ब्लाङ्केट ओढेर सुत्न के खोजेका थियौं । पुनः त्यस्तै । हामी अत्तालियौं । ‘अब के गरौं ?’ मैले प्रश्न गरें । सबै जना उठे तर मसँग सुतेकोलाई आत्माले कब्जा गरी सकेको रहेछ । उ बर्बराउन थाल्यो । हामी अक्क न बक्क भयौं । मार्चिस बालेर पोलि दिएँ, कुनै फरक भएन । हँसिया देखाएर ‘काटिदिन्छु’ भनें कुनै असर परेन । दुई चड्कन लगाएँ कुनै असर परेन । आफू समस्यामा परेको उसले धेरै पटक दोहो¥याई । मैले बुझें ऊ भित्र आत्मा पसेको रहेछ । वार्तालाप सुरु गरें । उसले समस्या सुनाउँदै गई । म सुन्दै गएँ । निराकरण गर्ने प्रतिबद्धता जनाएँ, ऊ सहमत भई छोडेर भागी । ऊ त्यही भड्किएको आत्मा रहेछ । जो पानीमा डुबेर मरेको रहेछ । माग थियो– कपडा, चप्पल र छोराछोरीलाई भेटाइदिनुपर्ने । मजाले सुतियो ऊ त्यसपछि आएन ।
रातको करिब १२ बजेको थियो । एक्लै आइरहेको थिएँ । बाटो सुनसान र अन्धकारमय थियो । कसैको बिरामी बच्चालाई अस्पतालमा उपचार गरेर छोडेर घर आउँदै थिएँ । अचानक शरीर जिरिङ्ग भयो । शरीर चिसो भयो । बाईकको पछाडी कोही बसेको जस्तो लाग्यो । स्पिड बढाएँ । गाली गरें । हातमा भएको आगो सिटको पछाडि लगें, बाईक हल्का भयो । शरीर आफ्नो ठाउँमा आयो ।
गर्मी मौसम । लोडसेडिङको समस्या । छतमाथी सुत्नुको विकल्प भएन । सबै कोठामा सुत्ने गरे पनि मलाई भने घरको माथि नै सुत्ने बानी । थाहा छ । घरको अगाडि हल्दुको रुख छ । भूतले तर्साई रहन्छ । कोठामै तर्साउन पुग्ने माथी के छोड्ला । तर के गर्नु बाध्यता छ । बत्ती नभएको बेला कोठामा सुत्दा उकुसमुकुस । माथी सुत्नै प¥यो । जब मध्यरात हुन्छ । शरीर जिरिङ्ग । आयो । आयो । सोच्दासोच्दै पछाडि सुती हाल्छ । शरीरको अंगले काम गर्न छोड्छ । हान्न खोज्छु सक्दैन । चिच्याउन खोज्छु आवाज निस्कँदैन । बल्ल तल्ल भगवान् सम्झन सक्छु । होस् आउँछ । छेउबाटै कालो चरा भूर्र उडेर जान्छ । रुखमा गएर बिलिन हुन्छ ।















प्रतिक्रिया