७ कार्तिक २०८३, शनिबार

परपुरुषसँग सल्किएकी यी महिलाले के-के गरिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

दोलखा, ३० फागुन । २६ वर्षीया कल्पनाको विहे सात वर्षअघि दक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो । उनले छोरो जन्माइन । सासु ससुराले आत्मविश्वासहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार दिए । नागरिक दैनिकले समाचार छापेको छ ।

परिवार चलाउन धौ धौ परेपछि घर सल्लाहमै एक वर्षअघि पति विदेसिए ।

त्यसको २ महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिइन र पति नफर्कदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।

भीमेश्वर नगरपालिका ३ की २१ वर्षीय एक महिला पति विदेसिएको महिनादिन भित्रै परपुरुषसँग सल्किइन् ।

विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् ।

६ महिनायता दोलखा जिल्लामा २५ जनाले विदेश गएका पतिलाई धोका दिइसकेको तथ्यांक प्रहरीसँग छ ।