
– विकाश पराजुली
बुटवल, २९ फागुन । रुपन्देहीको देवदहमा लागेको दोस्रो राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव शनिबार सकिएको छ ।
फागुन १८ गते बाट सुरु भएको मेला शनिबार नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले समापन गरे ।
सोही अवसरमा बोल्दै रज्जाकले सांसद रज्जाकले स्थानयि स्तरमा अयोजना गरिने मेला तथा महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले बुद्ध मावली स्थल देवदहको विकासमा सबैको चासो आवश्यक रहेकाले देवदहको औद्योगिक विकासमा मेला तथा महोत्सवको निरन्तरताको आवश्यकता रहेको बताए ।
मेलाको कारोवारका बारेमा जानकारी गराउदै मेला अयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालले मेलाको एक लाख ३५ हजार दर्शकले अवलोकन गरेको तथा ५ करोड ५० लाख बरावरको कारोवार गरेको जानकारी दिए । उनले मेलाकोे अन्तिम दिन दर्शकको उल्लेखनीय सहभागिता रहेको बताए । मेलाको अन्तिम दिन शनिबारमात्र मेलाको १५ हजारबढी दर्शकले अवलोकन गरेको र एक करोड २५ लाख बराबरको कारोवार भएको उनको भनाई थियो ।
देवदहमा स्थायी देवदह मण्डपको आवश्यकतालाई परिपुर्ति गर्नका लागि अहिले मेला अयोजना भएको स्थानलाई देवदह उद्योग बाणिज्य संघले देवदह मण्डपका रुपमा अवधारणालाई अगाडि बढाएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज सुवेदी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेपाली कांग्रेस रुपन्देहीका सदस्य बासुदेव रिमाल, एमाओवादीका ईन्चार्ज मोतिलाल ढकाल, बुटवल उद्योग बाणिजय संघका काणिज्य उपाध्यक्ष उज्वल कसजु, देवदह ब्यापार संघका कोषबहादुर गुरुङ्ग, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका बरिष्ठ उपाध्यक्ष दुर्गादत्त शर्मा, नेपाल शिक्षक संघका यमलाल भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका खेमानन्द ज्ञवाली, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरीक्षक हरि अर्याल, होमनाथ ढुङ्गाना, प्रजापति सापकोटा, निर्मला चौधरी, बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ, सचिव हरि अर्याल लगायतले आआफ्ना भनाई राखेका थिए ।
मेला सचिवालय संयोजक प्रमोद खनालको संचालनमा भएको कार्यक्रममा मेला सफल पार्नका लागि सहयोग गर्ने विभिन्न संघसंस्था तथा ब्यक्तिलाई सम्मान गरिएको थियो । सोही अवसरमा मेलाको उद्घाटनका दिन मेला स्थलमा बालिएको अखण्ड दीप आउने वर्ष देवदहमा मेला अयोजना गर्ने संस्था देवदह ब्यापार संघलाई हस्तान्तरण गरिएको थियो ।















प्रतिक्रिया