१ कार्तिक २०८३, आइतबार

भैरहवामा चाऊचाऊले ढाकिएको अंकितको सुपारी बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

supari_20121103093400– नरेश केसी
भैरहवा, २९ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फेरी लाखौं मूल्यको अबैध सुपारी बरामद गरेको छ ।

शनिबार मात्रै जिल्ला प्रहरी कार्यलय रुपन्देहीले नेपाल भारत सीमा नाका केवटलीया नाकाबाट १८ कठ्ठा सुपारी सहित लु १ च ६७५५ नम्बरको पीकअप पनि नियन्त्रणमा लिई थप कारबाहिको लागी भैरहवा भन्सार कार्यलय चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख एसपी बुद्धिराज गुरुंगका अनुसार प्रहरीले केवटलीया हुदैं भारत तर्फ चोरी निकासी हुदैं गरेको अवस्थामा सुपारी सहित गाडीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गल्लामण्डीका व्यापारी अंकित जयसवाललाई पनि नियन्त्रणमा लिएको छ । जयसवालले अबैध रुपमा भारत तर्फ सुपारी चोरी निकासी गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । जयसवाल, गाडी र सुपारीलाई थप कारबाहीको लागी भन्सार पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार सुपारीको माथी माथी चाऊ चाऊले ढाकिएको थियो र चाऊचाऊको कार्टुन तल सुपारी राखिएको थियो ।

यसरी प्रहरीले रुपन्देहीमा बारम्बार अबैध सुपारी बरामद गर्ने तर न्यूनिकरण भने हुने नगरेको देखिएको छ । गत फागुन ६ गते पनि प्रहरीले रुपन्देहीको सेमरपानि नाकाबाट अबैध सुपारी सहित लु १ ख ६६२६ नम्बरको ट्रक र चालक राजेन्द्र हरिजनलाई नियन्त्रणमा लिई भन्सार चलान गरेको थियो । त्यो सुपारी र ट्रक भन्सारमै छन् भने चालक धरौटीमा रिहा भएका छन् ।

मलेसिया, इन्डोनेसिया लगायतका देशबाट सहुलियतमा नेपालमा सुपारी भित्रीने गर्दछ र सो सहुलियतको सुपारी अबैध बाटो मार्फत भारत तर्फ चोरी निकासी हुने गरेको छ । नेपालमा भन्दा भारतमा सुपारी अत्यन्तै महंगोमा कारोबार हुने गरेको छ ।

प्रहरीले चोरी निकासीको सुपारी भन्दै भन्सारमा मुद्धा दायर गर्ने गरेता पनि व्यापारीहरुले स्थानिय बीलबिजक पेश गर्ने गर्दा मुद्धा समयमै फैसला हुन नसक्ने गरेको भैरहवा भन्सार कार्यालयका अधिकृत रविन्द्र प्याकुरेलले जनाएका छन् ।