१५ कार्तिक २०८३, आइतबार

नेपाल प्रहरीका आईजीपी अर्याल बेलायत प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-aryal

काठमाडौं, २९ फागुन । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्याल शनिवार मित्रराष्ट्र बेलायत प्रस्थान गर्नुभएको छ ।

Her Majesty’s Inspectorate of Constabulary (HMIC), बेलायतको निमन्त्रणमा फागुन ३० गतेदेखि चैत ६ गतेसम्म बेलायत प्रहरीको अनुभव आदान प्रदानका साथै व्यवसायिक अध्ययन भ्रमणमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक अर्यालको साथमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्मा, प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण निर्देशनालयका प्रहरी नायव महानिरीक्षक देबेन्द्र सुवेदी र पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठ रहनुभएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा शुभकामनासहित हार्दिक बिदाई गर्नुभयो ।