काठमाडौं, २९ फागुन । कांग्रेसले आजदेखि सुरू गरेको प्रदेशको मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारद्वय दीपक गिरी र देवेन्द्रराज कँडेलले अग्रता लिएका छन् ।
प्रदेशबाट दुई केन्द्रीय सदस्य लैजाने नयाँ व्यवस्था गरिएको छ । सोहीअनुसार प्रतिस्पर्धा भएको हो । ५ नम्बर प्रदेशबाट १० जनाले उम्मेदवारी दिएका थिए ।
गिरीले १०२ र कँडेलको ८५ मत रहेको छ । उनीहरूलाई भरत कुमार शाहले ७८ र रेवतीप्रसाद भुसालले ५५ मतसहित पछ्याइ रहेका छन् ।
केन्द्रीय सदस्यका उम्मेदवार राजु खनालले २० मत पाएका छन् । रामबहादुर कार्कीले १३, राजनप्रसाद पन्तले ९, दीवाकर गौतमले ७, भरतवहादुर न्यौपानले ६ र खिमानसिंह रायमाझीले ४ मत पाएका छन् ।












प्रतिक्रिया