७ कार्तिक २०८३, शनिबार

बालुवाटारमा सरकार र मधेसी मोर्चाबीच ‘मंहगो’ सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Madheshi

काठमाडौं, २९ फागुन । सरकार मधेस आन्दोलनका गम्भीर घाइते भएकालाई उपचार खर्चबापत ४० लाख रुपैयाँ दिन सहमत भएको छ ।

मधेसकेन्द्रित दल र सरकारबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त रकम दिन सहमति जनाएका हुन् ।

बैठकमा सरकारले घाइतेको औषधि र उपचारमा ३१ लाख रकम दिने प्रस्ताव गरेको थियो । कानुनमन्त्री अग्नि खरेलले वीर अस्पतालमा उपचार गराएका घाइतेको उपचारखर्चवापत ३१ लाख दिने प्रस्ताव गरेका थिए ।

तर, मधेसी दलका नेताहरुले कुरुवाको पनि खाना र बसाइको रकम दिनुपर्ने अडान लिएपछि सरकारले थप नौ लाख दिने सहमति जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।