
महेन्द्रनगर, २९ फागुन । अखिल क्रान्तिकारी कञ्चनपुरले दोधाराचाँदनी नगरपालिकाको भानु बहुमुखी क्याम्पसमा मूल इकाई कमिटी गठन गरेको छ ।
क्रान्तिकारीको ३ महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत शुक्रबार विरेन्द्रदत्त जोशीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा वसन्ती भण्डारी र सञ्जय कोली, सचिवमा रिता शाही, सहसचिवमा दिनेश ढुंगाना, कोषाध्यक्षमा भवानी सुनार चयन भएका छन् । कमिटीको सदस्यमा ज्योति बम र निर्मला विष्ट लगायत रहेका छन् ।
क्याम्पसमा भएको क्रान्तिकारी विद्यार्थीको भेलाले पूर्व इकाई अध्यक्ष दिलिप रोकायाको अध्यक्षतामा ९ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरिएको जिल्ला सचिव विरेन्द्र विष्टले बताए ।
अखिल क्रान्तिकारीको भेलाले क्याम्पसमा रहेका शैक्षिक विकृति, विसंगति र विद्यार्थीका समस्या समाधान गर्न पहल गर्ने निर्णय समेत गरेको सचिव विष्टले बताए ।
भेलामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐर, एकीकृत नेकपा माओवादी कञ्चनपुरका जिल्ला सदस्य ईन्द्र रावत, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भीम भट्ट, उपाध्यक्ष कविराज धामी ‘तुफान’ र सचिव विरेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया