१ कार्तिक २०८३, आइतबार

मासु पसल अनुगमन र सडक पुनःनिर्माणमा चासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakकाठमाडौँ, २९ फागुन । काठमाडौँ महानगरपालिकाभित्र रहेका मासु पसलको प्रभावकारी व्यवस्थापन र सडक पुनःनिर्माणको काम तत्काल अघि बढाउन नगरवासीले आग्रह गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले शुक्रबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने मासु पसलको अनुगमन गरी व्यवस्थापन गर्न र भत्काइएका सडकको पुनःनिर्माण छिटो सक्न ध्यानाकर्षण गराए ।

विभिन्न स्थानमा रहेको फुटपाथ पसलको व्यवस्थापन गर्नुपर्ने, घरजग्गा कर घटाउनुपर्ने र सडक बत्ती राखिनुपर्ने विषय पनि कार्यक्रममा उठाइएको थियो ।

सहभागीको प्रश्नको उत्तर दिँदै काठमाडौँ महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राजनीतिक स्थायित्व नभएर नगरपालिकाले सोचे अनुरुपको काम गर्न नसकेको बताउनुभयो ।

उहाँले आगामी असारसम्ममा फोहरबाट बत्ती बाल्ने कामले पूर्णता पाउने पनि विश्वास पनि व्यक्त गर्नुभयो । रासस